• द. नं:३५२/०५५/०५६
  • पान. नं : ३०३२११५०५
  • +०४८-५४०३८० , +०४८-५४०६८०

व्यापारीक ऋण

व्यापारीक ऋण

Interest Rate: 12%

Features

आयात, निर्यात, होलसेल व्यापार, मिनी सुपर मार्केट, हस्तकला व्यापार, सुँनचाँदी व्यापार तथा मझौला खालका खरिद तथा विक्रि जन्य पसलहरु लगायतका व्यापारमा प्रदान गरिने ऋणलाई व्यापारिक ऋण भनिनेछ । क) साना व्यापारः साना व्यापार अन्तर्गत अधिकतम रु ५ लाख ऋण प्रदान गर्न सकीने छ र यसको अधिकतम भाखा ३ वर्षको रहनेछ । ख) ठूला व्यापारः ठूला व्यापार अन्र्तगत रु ५ लाखभन्दा माथि संस्थाले तोकेको सीमाभित्रको ऋण प्रदान गर्न सकिनेछ र यसको अधिकतम भाखा ४ वर्षको रहनेछ । २ ब्याजदर यस शीर्षकमा ब्याजदर सञ्चालक समितिले समय समयमा तोके बमोजिमको हुनेछ । २ भुक्तानी तरिका ऋणको भुक्तानी एक मुष्ट वा किस्तावन्दी रुपमा गर्नुपर्नेछ । परियोजना र ऋणीको आम्दानीको विश्लेषण गरी आपसी सहमतीको आधारमा मासिक वा द्वैमासिक किस्ताबन्दी लागू गरिनेछ । तर मासिक किस्ताबन्दीको व्याजदर त्रैमासिक किस्ताबन्दीको भन्दा १ प्रतिशत कम हुनेछ । तर कार्यशिल रु रु ५ लाख भन्दा बढिको ऋणको हकमा भने स्वीकृती सीमाभित्र ऋणीले ऋण तिर्न र पुनः लिन सक्नेछ । पुनः ऋण लिदाँ एक पटकमा कम्तीमा रु १ लाख लिनु पर्नेछ । यस भुक्तानी सुविधा १ पटक संस्था संग ऋण कारोबार गरेका र भाखा ननेघाकेका ऋणीहरुले मात्र प्राप्त गर्न सक्नेछ । ३ ग्रेस समयः माथि उल्लेखित सम्पूर्ण ब्यापारीक ऋणहरुमा अधिकतम ३ महिनाको ग्रेस समय प्रदान गर्न सकिनेछ । तर ग्रेस समयभर किस्ताबन्दी तालिकामा उल्लोखित समय अनुसार ब्याज भुक्तानी गर्नुपर्नेछ ।